first webblog in baglungbazar

February 5, 2010

मलेसियामा एक लाख नेपाली माग, ३५ हजारमै जान सकिने

काठमाडौं, रेमिट्यान्सको वृद्धिदर कम भइरहेको समयमा मलेसियामा नेपाली कामदारको माग उच्च भएको छ। अहिले म्यानपावर कम्पनीले मलेसियामा माग भए अनुसार कामदार पठाउन सकेका छैनन्। मागसँगै न्यूनतम तलब पनि वृद्धि भएको छ। ‘मलेसियाबाट अस्वभाविक रुपमा कामदारको माग आएको छ,’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुमुद खनालले भने, ‘हामीले माग अनुसार कामदार पठाउन सकेका छैनौ।’
मलेसियाको रोजगार विभागले एक लाख नेपाली कामदार लिने घोषणा गरेको छ। व्यवसायीहरुले यो माग अहिलेसम्मकै उच्च भएको बताएका छन्। उनका अनुसार ६ महिनाको अवधिमा एक लाख कामदार पठाउन मलेसियाले स्वीकृति दिएको छ। अघिल्लो वर्ष २५ हजारको मात्र कामदारको माग आएको थियो। गत वर्ष मन्दीका कारण मलेसियामा जाने कामदार घटेका थिए। गत वर्ष ३५ हजार ७० जना नेपाली मलेसिया कामका लागि गएका थिए। अघिल्लो वर्ष ५० हजार ५ सय ५४ त्यहाँ कामका लागि गएका थिए। वैदेशिक रोजगार विभागले दिने अन्तिम स्वीकृतिमा ६० प्रतिशत मलेसिया रहने गरेका छन्।
‘पछिल्लो समयमा यहाँ आउने मागमा ५०प्रतिशत मलेसियाको मात्र आएको छ,’ विभागका निर्देशक काशीनाथ मरासनीले भने। मलेसिया सरकारले बंगलादेशबाट कामदार लैजान बन्द गरेकोले नेपाली कामदारको लागि धेरै रोजगाको सम्भावना छ। मलेसियाले सन् २००८ देखि बंगलादेशी कामदारलाई रोक लगाएको हो। बंगलादेशका नागरिकले मलेसियामा गएर त्यहीका नागरिकसँग विवाह गरेर बस्ने प्रवृति बढेकोले मलेसियाले बंगलादेशी कामदारलाई लिन रोक लगाएको हो।
सन् २००८को अन्त्यपछि मलेसियामा मन्दीले प्रभावित बनाएको थियो। मन्दी पछि माग बढेको र नेपाललाई पहिलो प्राथमिकतामा राखेकोले माग बढी भएको व्यवसायीहरु बताउँछन्। मलेसियामा नेपालीका लागि चार फाइदा रहेको छ। ‘नेपालको जस्तै हावापानी, स्वतन्त्रता भएको, नेपाललाई सदभाव राख्ने मुलुक र अदक्षका लागि पनि सजिलै काम पाइने फाइदा नेपाललाई छ। विश्व आर्थिक मन्दीको प्रभाव विस्तारै कम हुन थालेपछि मलेसियामा धेरै उत्पादनमूलक उद्योगहरुले उत्पादन बढाउन थालेका छन्।
मलेसियामा विश्वभरका बहुराष्ट्रिय कम्पनीहरुले उद्योग स्थापना गरेका थिए। मन्दीका कारण यी उद्योगले उत्पादन कटौती गरेका थिए भने मलेसिया सरकारले उत्पादनमूलक क्षेत्रमा विदेशी कामदारलाई नलिने घोषणा गरेको थियो। खनालले औद्योगिक क्षेत्रमा सुधार आएकोले कामदारको माग बढेको बताए। मलेसिया मात्र कामदार पठाउने कम्पनी झन्डै ४० जति छन्। यी सबै कम्पनीमा आएको माग अनुसार कुनै कम्पनीले पठाउन नसकेको खनालले बताए। कामदारको माग बढेपछि मलेसिया जान समेत सस्तो भएको छ। पहिला कामदारले मलेसिया जान ७० देखि ९० हजार रुपैयाँ तिनुपर्थ्यो भने अहिले ३५ देखि ४० हजारमा त्यहाँ गइरहेका छन्। ‘माग बढेपछि कामदार जान समेत सस्तो भएको छ,’ खनालले भने, ‘३५ हजारमा त्यहाँ काममा गइरहेका छन्।’
उनका अनुसार अहिले मलेसियामा रहेका एजेन्टहरुले कमिशन समेत कामदारको तलबबाट लिने भन्दै बढी कामदार पठाउन आग्रह गरेका छन्।
‘बढी भन्दा बढी कामदार पठाऊ कमिसन तलबबाट कटाउँछौ भनिरहेका छन्,’ खनालले भने, ‘उनीहरुले यस भनेपनि चाहेजति कामदार पठाउन सकिरहेका छैनौ।’ मलेसिया नेपाली कामदारको लागि राम्रो मुलुक पनि हो। यो मुलुकमा अहिलेसम्म चार लाख भन्दा बढी नेपाली कार्यरत रहेका छन्। अहिले मलेसिया जाने कामदारले तलब समेत बढी पाएका छन्। अहिले त्यहाँ जाने नेपालीले ८ सय ३१ गिंट(१७ हजार रुपैयाँ) पाउने गरेका छन्। केही समय अगाडी गएका नेपालीले ७ सय ५१ गिंट(११ हजार रुपैयाँ) मात्र पाउदै आएका थिए।
सचिव खनालले मलेसियामा बढेको मागले नेपाली कामदारलाई फाइदा पुगेको बताए। ‘सस्तोमा जान पाउनु र बढी तलब पाउनुले नेपाल फाइदामा छ,’ उनले भने।
मागअनुसार कामदार पठाउन सके मुलुकले मासिक १ अर्ब भन्दा बढी रेमिट्यान्स मलेसियाबाट भित्रायाउन सक्छ। विज्ञहरुका अनुसार मलेसिया गएका कामदारले सरदर मासिक डेढ सय अमेरिकी डलर पठाउन सक्छन्।वैदेशिक रोजगार विज्ञ गणेश गुरुङले मलेसियामा कामदारको माग बढ्नु सकारात्मक भएपनि यसलाई दिगो राख्न भने चुनौति रहेको बताए।
‘मलेसियामा कामदारको माग बढी आउनु सकारात्मक हो,’ उनले भने, ‘तर मलेसिया सरकारले आप्रवासी कामदार नीतिमा गर्ने परिवर्तनबाट बचेर दिगो राख्न चुनौति छ।’मलेसियामा विभिन्न तया पोशाक, इलेक्ट्रोनिक्स उद्योग फष्टाएका छन्। मलेसियामा कामदारको माग बढ्नुमा सरकारले कामदारबाट लिदै आएको लेबी नलिने निर्णय समेत हो।
मलेसियाले एक महिना अघि कामदारबाट लिदै आएको लेबी लिन छाडेको हो। अन्तराष्ट्रिय स्तरबाट कामदारले कमाएको रकमबाट लेबी लिनु गैरकानुनी भएको आलोचना भएपछि मलेसिया सरकारले लेबी लिन बन्द गरेको हो। मलेसिया सरकारले प्रत्येक कामदारबाट मासिक १ सय रिगेंट लेबी लिदै आएको थियो।
साभार:खोजतलास अनलाईनबाट

अरु धेरै कुराहरु खोज्नुहोस
 

प्रहरी चौकीमा आगजनी, ४ प्रहरी र ६ प्रदर्शनकारी घाइते

Filed under: Uncategorized

बागलुङ, आक्रोशित भीडले हटिया गाविसमा रहेको प्रहरी चौकी तोडफोड गरी शुक्रबार मध्याह्न आगजनी गरेको छ। गत मङ्लबार राति हत्या गरिएकी गल्कोट उच्च मावि कक्षा १२ की छात्रा सुशीला सहनीका हत्यारा सार्वजनिक गर्न माग गर्दै विद्यार्थी तथा स्थानीयले चौकीमा आगजनी गरेका हुन्। आक्रोशित विद्यार्थी र स्थानीयले प्रहरी चौकीका फर्निचर, टेलिभिजनलगायतका सामग्री जलाएका छन्। प्रहरीले फाइरिङ गरेर भीड तितरवितर पारेपछि आगो नियन्त्रणमा लिएको छ। प्रहरीले भीड नियन्त्रण गर्न करिव दुई दर्जन राउण्ड हवाई फायर र अश्रु ग्याँस फायरिङ गरेको थियो। अहिले हटिया बजार तनावग्रस्त बनेको छ।
झडपमा ४ जना प्रहरी, ६ प्रदर्शनकारी घाइते भएको स्थानीय पत्रकार वीरबहादुर चोखालले जानकारी दिए। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। हत्यामा संलग्न भएको शङ्कामा प्रहरीले अनुसन्धानका लागि हरिचौर गाविस-४ का सहनीका सहपाठी डिक्सन मल्ल र हरिचौरकै सागर केसीलाई नियन्त्रणमा लिइसकेको छ। पक्राउ परेका युवकलाई सार्वजनिक गर्न माग गर्दै आर्कोशित भीड प्रहरी चौकीमा प्रवेश गरेको प्रहरीले जनाएको छ।
विद्यार्थीहरु स्वतस्फूर्तरुपमा आक्रोशित भएर आन्दोलनमा उत्रिएपछि गल्कोट क्षेत्रका करिव ४० विद्यालयको पठनपाठन प्रभावित भएको गल्कोट उच्च माविका प्राचार्य देवेन्द्र खत्रीले जानकारी दिए। डिक्सन मल्लले ती छात्रासँग एक वर्षदेखि आफ्नो प्रेम सम्बन्ध रहेको स्वीकार गरेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको बाग्लुङका प्रहरी निरीक्षक राकेश सिंहले बताए। मृतक सहनीका परिवारले प्रहरी नियन्त्रणमा रहेका मल्लले नै हत्या गरेको भन्दै किटानी उजुरी दिएका छन्। शव पोष्टमार्टमका क्रममा अविवाहित ती छात्राको गर्भमा शिशु भेटिएको थियो।

अरु धेरै कुराहरु खोज्नुहोस
 

December 4, 2007

कुटेर श्रीमान्ले घरबाट निकाले’

देशभर महिला हिंसाविरुद्ध दिवस मनाइरहदा बागलुङकी एक महिलालाई श्रीमान्ले यातना दिएर घरबाट निकालेका छन् । धम्जा गाविस-८ की अञ्जु लामिछानेलाई घरबाट निकालिएको हो । श्रीमान् मीनबहादुर जिसी र सासू-ससुराले उनलाई घरबाट निकालेका हुन् । तीन दिनदेखि सदरमुकाममा न्यायका लागि आएकी अञ्जुले दैनिक दुर्व्यवहार र चरम शारीरिक तथा मानसिक यातना दिई घरबाट निकालिएको बताइन् । दुइ वषीय छोरी काखी च्यापेर सदरमुकाम आएकी अञ्जुले न्यायका लागि महिला विकास कार्यालय बागलुङमा उजुरी दिएकी छन् ।

अञ्जुले एक वर्षेखि श्रीमान्को कुटाइ र सासू-ससुराको चरम यातना सह“दै आएको बताइन् । भनिन्, ‘श्रीमान्ले अरूको कुरा सुनेर दैनिक कुट्थे, सासू-ससुरा पनि उनैलाई उक्साउ“थे’, ‘यो घरमा तेरो बस्ने कुनै अधिकार छैन’, श्रीमान्ले घर छोड्न धम्की दिएको पीडा उनले सुनाइन् ।

सदरमुकाम आउनुअघि स्थानीय आमासमूहबीच यातनाबारे जानकारी राख्दासमेत उनीहरूले घरायसी झगडा भनेर सहयोग नगरेको उनको गुनासो छ । त्यसपछि उनी विभिन्न संस्थामा गुहार माग्दै गएकी थिइन् । ‘मैले वाइसिएलको कार्यालयमा पनि पीडा सुनाए“ तर बेवास्ता गरे’, उनले भनिन्, ‘अहिले महिला विकास कार्यालयमा उजुरी दिएको छु ।’ उनलाई हाल सोही कार्यालयले संरक्षण दिएको छ ।

उनको माइती स्याङ्जा सिमल भन्ज्याङ गाविस हो । आफैंले मन पराएर विवाह गरेकी उनलाई माइतीतर्फाट पनि सहयोग मिलेको छैन । ‘पीडा सुनाउ“दा आफ्नो इच्छाले विवाह गरिस्, त्यसैले हामीलाई केही समस्या नसुनाएस् भन्छन्,’ अञ्जुले थपिन् । उनले आफूलाई अधिकार दिलाइदिन अधिकारवादीस“ग पनि अनुरोध गरेकी छन् । महिला विकास कार्यालयले उनको समस्या सुल्झाइने जनाएको छ ।

घरेलु हिंसाबाट उनीमात्रै पीडित होइनन् । अमलाचौर गाविस-२ टाकुरी माइती भएकी पवित्रा शर्मास“ग पनि त्यस्तै पीडा छ । उनले बागलुङ नगरपालिका रामरेखा निवासी महेन्द्र पौडेलस“ग ०६२ साल जेठमा विवाह गरेकी थिइन् । तर, उनलाई दाइजो नल्याएको आरोपमा घरबाट निकालिएको छ । उनले श्रीमान्ले कुटेर लखेटेको गुनासो गर्दै भनिन्, ‘दाइजो धेरै नल्याएको निहु“मा श्रीमान्, सासू, नन्द, देवरसमेतले कुटपिट गरी ०६२ साल ५ पुसमा घरबाट निकाले ।’ उनी हाल माइतमै छिन् । शर्मा पनि न्यायको खोजीमा महिला विकास कार्यालयमा पुगेकी छन् ।

महिला विकास कार्यालयकी अधिकृत लक्ष्मी जिसीले पीडक परिवारलाई जिल्ला प्रशासनमा झिकाई कारबाही गरिने बताएकी छन् । त्यसका लागि मानवअधिकारवादीस“ग पनि सहयोग लिने उनको भनाइ छ ।
नयाँ पत्रिकाबाटा

अरु धेरै कुराहरु खोज्नुहोस
 

November 14, 2007

नाम सोध्दा लजाउने महिलाले गाउ हाके

बाग्लुङ खास्टोको सप्कोले मुख छोपेर हिड्ने बाग्लुङ हरिचौर गाविस निवासी प्रेमकुमारी श्रीस आजभोलि आर्थिकरूपले मात्र सबल नभई जिल्लामै सफल सामाजिक कार्यकर्ताको रूपमा चिनिन थालेकी छिन् । उमेरले ५०औं वसन्त पार गरिसकेकी श्रीसको जीवनको उत्तर्रार्धमा परिवर्तन आएको छ । हाल नारी उत्थान समितिमार्फ् उनले गाउ“का सारा महिलालाई एउटै मालाका रूपमा बाध्नुका साथै पुरुषले समेत गर्न नसकेका कामलाई सम्पन्न गरी सबैलाई चकित पारेकी छिन् ।

केही वर्षघिसम्म गाउ“मा कुनै अपरिचित व्यक्ति आई नाम सोध्दासमेत लाजले घरभित्र भाग्ने र मुख छोप्ने हरिचौरवासी महिला आजभोलि गाउ“का समस्याका बारेमा खुलेरै बहस गर्छन् । उत्साह, जा“गर, साहस र निश्चित लक्ष्य लिएर संगठित भई अगाडि बढेको खण्डमा कठिन कार्य पनि सम्पन्न गर्न सकिने उनीहरू बताउंछन् ।

व्यक्तिगत तथा वातावरणीय सरसफाइ तथा जाडरक्सी नियन्त्रणबाट ०५० सालतिर आफ्नो अभियान थालनी गरेका यस भेगका महिलाको कार्यलाई त्यतिबेला टाठाबाठा गाउ“का पुरुषले समेत ‘पोथी बासेको’ भनेर खिल्ली उडाउने गर्थे । विगतको संस्मरण गर्दै नारी समितिकी अध्यक्ष श्रीस भन्छिन्- ‘ऊ बेला त हामी यसरी सफल भइएला भन्ने लागेकै थिएन् ।’ स्थानीय सामुदायिक वन व्यवस्थापन, विभिन्न समूह गठन, बचत संकलन, ऋण परिचालन, विकास निर्माणका कार्य गर्दै आएका उनीहरूले पछिल्लो समयमा हरिचौरजस्तो विकटबस्तीमा करिब १२ लाखको लगानीमा प्रसूति-गृहको निर्माण गरेका छन् । त्यस्तैगरी, अमराभूमिदेखि हरिचौरसम्म जोड्ने मोटरबाटोको निर्माण पनि उनीहरूकै नेतृत्वमा हालसालै सम्पन्न भइसकेको छ ।

नेतृत्व विकास गरिसकेका यी महिलाले सामुदायिक रूपमा तरकारी उत्पादन, बिक्रीवितरण गर्दै मनग्य आम्दानी पनि गर्न थालेका छन् । सो रकमबाट घरव्यवहार सञ्चालन गर्न र केटाकेटीको पढाइमा सहयोग पुगेको उनीहरू बताउछन् ।

महिलाको एकता, लगनशीलता र कार्यशैली देखेर अहिले महिला विकास, जिल्ला कृषि, पशुसेवा, जिविस, सहकारीलगायतका सबै कार्यालयले सो क्षेत्रमा आफ्नो सेवा विस्तार गर्न हानाथाप गर्न थालेका छन् । गाउं“को कुनै एक महिलालाई अलिकति अप्ठ्यारो पर्नासाथ अरिंगालझैं सारा महिला सहयोगका लागि आउ“छन् । समितिका सदस्य लक्ष्मी भन्छिन्- ‘गाउ“का पुरुषलेसमेत अहिले हामीहरूप्रति बढो सम्मान र सद्भाव दर्शाउने गर्छन् ।’

महिलाको प्रयास र लगनशीलताको कदर गर्दै जिल्ला कृषि विकास कार्यालयले राष्ट्रियस्तरको तेस्रो पुरस्कार र जिल्लास्तरको पहिलो पुरस्कार उनीहरूलाई प्रदान गरेको छ भने डिभिजन सहकारी बाग्लुङले अञ्चलस्तरीय संस्थागत तेस्रो पुरस्कार प्रदान गरेको छ

अरु धेरै कुराहरु खोज्नुहोस
 

November 13, 2007

असिनापानीले बालीनाली नष्ट

बागलुङ जिल्लाको दक्षिणी भेगमा आइतबार सा“झ करिब एक घन्टासम्म परेको असिनापानीले पाकेको अन्नबाली, फलफूल तथा तरकारीबालीमा क्षति पुर्‍याएको छ । असिनाले बालीनालीमा क्षति पुर्‍याएपछि दीपावली मनाउन व्यस्त रहेका किसानमा रुवाबासी चलेको छ । सा“झ लगातार परेको असिनापानीले जिल्ल्ााको दक्षिणी भेगस्थित अर्जेवा, बिनामारे, जैदी, छिस्तीलगायतका गाविसमा लाखौंको अन्नबाली नष्ट गरेको स्थानीय बासिन्दा कृष्ण आचार्यले बताए । उनले भने- ‘असिनाले धान, कोदो, सुन्तला र तरकारीका डा“ठसमेत टुक्राटुक्रा पारेको छ ।’ बारम्बार परेको असिनाले खेतीबालीमा नोक्सान गरेपछि यस वर्षजिल्लामा उत्पादन खाद्यान्नले नपुग्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

अरु धेरै कुराहरु खोज्नुहोस
 

टीका सरका किताब

समाजशास्त्र/मानवशास्त्रका सबै विद्यार्थीको रोजाइ बनेका छन् टीका सरका किताब । तर, टीका सर छन् कहाँ ? कसैलाई थाहा छैन । धेरैको रोजाइको किताब लेख्ने टीका सर कतै उपत्यकाकै त्रिवि केन्द्रीय विभाग, पाटन संयुक्त क्याम्पस वा त्रिचन्द्र कलेजतिरै भेटिने धेरैजसो अनुमान गर्छन् । तर, टीका सर सुविधासम्पन्न राजधानी होइन, दूरदराजमा बस्छन् । पढाउँछन् बाग्लुङको महेन्द्र बहुमुखी क्याम्पसमा ।

त्यसो त टीका सर केश फुलेका, उमेर पाकेका होलान् भन्ने अनुमान पनि गलत ठहरन्िछ । २०२७ सालमा बाग्लुङको दुर्गम ज्यामिरे-६, काँडेवासमा साधारण किसान परविारमा जन्मेका टीकाराम गौतम सबैभन्दा सानो उमेरमा यति धेरै किताब लेख्ने पि्रय लेखक हुन् ।

स्नातकोत्तर गरेपछि ०५६ सालमा बाग्लुङ क्याम्पसमा आएका टीकाले तयार गरेको नोटप्रति विद्यार्थीको आकर्षण बढ्यो । विद्यार्थीकै दबाबमा उनले पहिलोपटक समाजशास्त्रको किताब निकाले । पहिलो पुस्तक नै लोकपि्रय भएपछि उनी थप उत्साही भए । विद्यालय तहदेखि नै पढाउन, पढ्न र लेख्नमा रुचि राख्ने टीकालेे पाँच/छ वर्षको अवधिमा कक्षा ११ देखि स्नातकोत्तर तहका सबै वर्ष र सबै विषयका पाठ्यसामग्री प्रकाशन गरसिकेका छन् ।

अङ्ग्रेजीमा समेत स्नातकोत्तर टीकाका १९ किताब बजारमा छन् । भर्खरै उनले एमएका लागि अङ्ग्रेजीको किताबको तयारी पूरा गरेका छन् । “टीका सरलाई त सबै कोर्स मुखाग्र छ, हामी दङ्ग पर्छौं,” एमएका विद्यार्थी कमलराज अधिकारी भन्छन् । दिगो विकास विषयमा विद्यावारििध गर्न अमेरकिा जाने अवसर आए पनि उपप्राध्यापकको परीक्षाफल नआएकाले उनी त्यता जान सकेका छैनन् । न दूरदराजमा बसेर विद्यार्थी पढाउनु परेकामा दुःखी छन् टीका सर ।

नेपाल साप्ताहिक बाट

अरु धेरै कुराहरु खोज्नुहोस
 

November 9, 2007

बन मा फुल्यो…

नेपाली रिमीक्स बन मा फुल्यो…

अरु धेरै कुराहरु खोज्नुहोस
 

November 7, 2007

सचिवले खाए घूस

जन्मदर्ता गराउन आएका र्सवसाधारणसग हिल गाविसका सचिवले पा“च सय रुपैया“ घूस खाएका छन् । गाविससचिव गुप्तबहादुर केसीले सो गाविस-६ का तिर्खबहादुर विकसग छोरा भक्तबहादुर र छोरी प्रेमकुमारीको जन्मदर्ता र नाता सम्बन्ध प्रमाणपत्र दिदा घूस लिएका हुन् ।

११ कात्तिकमा सदरमुकाम बागलुङ बजारस्थित गाविसको सर्म्पर्क कार्यालयबाट प्रमाणपत्र लिदा बाध्य भएर घूस दिनुपरेको पीडित विकले बताएका छन् । उनका अनुसार सचिव केसीले प्रमाणपत्र बनाइदिएबापत पा“च सय रुपैया लाग्ने बताएका थिए । ‘धेरै रकम भयो’ भन्दा सिफारिसबापतको रकम मात्र हो भनी उनले रुपैया मागेको बताउ“दै विकले भने, ‘सिफारिस गराएबापत लिएको रकमको कुनै पनि रसिद दिएका छैनन् ।’

विकले आफू अन्यायमा परेको जनाउ“दै सचिव केसीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । उजुरीमा सचिवलाई आवश्यक कारबाहीका साथै रकम दिन स्थानीय मितेरी गेष्ट हाउसका मालिक टीकारामले उक्साएको उल्लेख गरिएको छ ।

गाविससचिव केसीले भने नियतवश रकम नलिएको दाबी गरेका छन् । प्रमुख जिल्ला अधिकारी र्सर्ूयप्रसाद भण्डारीले कारबाहीका लागि उजुरी परेको बताउदै घूस खाने सचिव केसीको सम्बन्धमा छानबिन गरी विभागीय कारबाही गरिने बताए ।

यसअघि पनि गत असोजमा हरिचौर गाविसका सचिव चक्रपाणि सुवेदीले मृत्युदर्ता र पारिवारिक पेन्सनपट्टाको सिफारिस गरेबापत गोविन्दबहादुर परियारबाट पाच सय रुपैया घूस लिएका थिए ।

अरु धेरै कुराहरु खोज्नुहोस
 

October 18, 2007

Filed under: Uncategorized


अरु धेरै कुराहरु खोज्नुहोस
 

October 1, 2007

जिरे खुर्सेनी

नेपाली हाँस्य ब्या‍ङ्य कार्यक्रम जिरे खुर्सेनी हेर्नेको लागि तलको लिङ्कमा क्लिक गर्नु होला
जिरेखुर्सानी सेप्टेम्बर ९ (Sept 9)
Jirekhursani 9-Sept
जिरेखुर्सानी सेप्टेम्बर २४ (Sept 24)
Jire Khursani 24-Sept

अरु धेरै कुराहरु खोज्नुहोस
 





















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft